सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ५४० रुपैयाँ
काठमाडाैं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको मूल्य निर्धारण गरेको हो ।सरकारले यो वर्षका लागि तोकेको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढी हो ।सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षका लागि उखुको बिक्री मूल्य निर्धारण गरेको हो ।