# भर्खरै
Namaste Icon
Ad

चलचित्र​

Ad

झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा कार्की

काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । निर्माण पक्षका अनुसार यस चलचित्रमा यसअघि अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगर छनोट भइसकेका छन् ।


साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको निर्माताले जनाएका छन् । फिल्ममा साम्राज्ञी शाह र पुष्प खड्काको प्रमुख भूमिका छ ।


‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज (भिडियाे)

‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज (भिडियाे)

काठमाडौं । डा.कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज भएको छ । आइतबार रिलिज भएको ट्रेलरमा कलाकार जितु नेपाल र साम्राज्ञी आरएल शाहको प्रेम सम्बन्ध र सम्बन्धमा आउने उतारचढाव देखाउन खोजिएको छ ।


बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट प्रदर्शनमा आउने

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । बहुपति प्रथामाथि बनेको नेपाली फिल्म ‘टुल्की’ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म चैत ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतवार एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरू शिशिर वाङ्देल र स्वस्तिमा कार्कीलाई प्रस्तुत गरिएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित यस फिल्म ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको हो ।


चलचित्र विकास बोर्डकाे ‘सशक्तिकरण समिति’मा पूजा शर्मा

चलचित्र विकास बोर्डकाे ‘सशक्तिकरण समिति’मा पूजा शर्मा

काठमाडौं । चलचित्र विकास बोर्डले ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’मा नायिका पूजा शर्मालाई नियुक्त गरेको छ ।


सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि ‘आँधी तुफान २’

सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि ‘आँधी तुफान २’

काठमाडौं । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिएका छन् । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उनले बताए ।


यस्ताे छ, ‘पञ्चायत’ फिल्म (भिडियाे)

यस्ताे छ,   ‘पञ्चायत’ फिल्म  (भिडियाे)

काठमाडाैं । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘पञ्चायत’ युटयुबमा रिलिज गरिएको छ । २०३० को दशकको नेपालको परिवेशमा बनाइएको फिल्ममा शिवम अधिकारीको लेखन एवं निर्देशन छ ।


चलचित्रमा नायिका विपना थापाकाे 'कमब्याक'

चलचित्रमा नायिका विपना थापाकाे 'कमब्याक'

काठमाडौं। भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छन्। अभिनेत्री नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ। चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ। ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छन्। कथाको काम सकिएसँगै छिट्टै छायांकन थाल्छौं,’ निर्मात्री ढुङ्गानाले भनिन्।


आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक

काठमाडाैं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ । यो फिल्म पुस १५ गते अर्थात आगामी शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतको उक्त भिडियोमा आर्यन र उपासना रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।  सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतमा अस्मिता अधिकारी र मनिष ढकालले स्वर दिएका छन् । प्रविण झाको निर्देशन रहेको ‘डिसेम्बर फल्स’ लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्म हो ।


साम्राज्ञी र पुष्प स्टारर ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज (भिडिओ)

साम्राज्ञी र पुष्प स्टारर ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज (भिडिओ)

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा पुष्पको माया पाउन साम्राज्ञी भौतारिरहेकी देखिन्छिन् । रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा साम्राज्ञी र पुष्पलाई सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दीपाशा केसी लगायतका कलाकारले साथ दिएका छन् ।


Ad