# भर्खरै
Namaste Icon
Ad
Ad

खानीखोलाको विकास तथा जीवनस्तर सुधार मेरो प्राथमिकता : सांसद लामा

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।


बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।


म सेवक भएर काम गर्छु : मुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनलाई क्लबका सभापति एवं प्राइम टाइम्स् टेलिभिजनका अध्यक्ष ऋषि धमलाले खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले मुख्यमन्त्री रावललाई जनताको पक्षमा राम्रा काम गर्न पनि आग्रह गरे ।


यी हुन् गण्डकी प्रदेशमा कायम भएका ७ वटा मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा ७ वटा मात्रै मन्त्रालय बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । अहिले प्रदेशमा १२ मन्त्रालय छन् । आर्थिक भार कटौती गर्ने गरी मन्त्रालय घटाउन सत्ता साझेदार दलहरु एमाले, माओवादी र राप्रपा सहमत भएका हुन् । मुख्यमन्त्री खगराज अधिकारीको सरकारी निवासमा आइतबार साँझ र सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ७ मन्त्रालय बनाउने निर्णय गरेको हाे ।यसअघिको सरकारमा १२ मन्त्रालय थिए ।


मधेश प्रदेशसका २ स्वतन्त्र सांसद जसपामा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत

जनकपुर । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।


सुर्खेतमा हाईलेक्स जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् । छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार बिहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।


प्रदेश १ मा कुन मन्त्रालय कसले पाए ?

विराटनगर । प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन् । कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।


कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।


प्राथमिक स्वास्थ्य केन्द्र चिङ्गाडमा डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित

खगेन्द्र हमाल, सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्गमा डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुदै आएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एमबीबीएस डाक्टरको सरुवा भएपछि २०७८ भदाै देखी डाक्टरविहिन भएको हाे । स्वास्थ्य केन्द्रमा डाक्टरबाट दिने उपचार सेवा प्रभावित भएको छ । पालिकाको एकमात्र ठूलो प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्ग अहिलेसम्म अन्य स्वास्थकर्मिको भरमा चलेको छ ।


कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिंदै आज

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।


Ad