# भर्खरै
Namaste Icon
Ad

शेयर बजार

Ad

आइपिओ बिक्री गर्दै शुभम पावर, अधिकतम कति कित्ताका लागि आवेदन दिन मिल्छ ?

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।


सगरमाथा जलविद्युतको आइपीओ खुल्याे

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले बिहीबार (माघ ५ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १०% अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र (ईलाम जिल्लाका बासिन्दा) का लागि सेयर निष्कासन गरेको हो । त्यस्तै, १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेसम्म आवेदन दिनुपर्नेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


कालिञ्चोक दर्शनको आइपीओ खुला

कालिञ्चोक दर्शनको आइपीओ खुला

काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।


कालिन्चोक दर्शनको आइपीओ मंगलबारदेखि आउँदै, क-कसले दिन पाउछन् आवेदन ?

कालिन्चोक दर्शनको आइपीओ मंगलबारदेखि आउँदै, क-कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आइपीओ मंगलबार (माघ ३ गते) देखि बिक्री खुला हुने भएको छ । चोपन्य्ले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका हुन् । कम्पनीले जारी गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । जसमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्, क-कसले दिन पाउनेछन् आवेदन ?

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्, क-कसले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।


माया खोला हाइड्रोपावरको सेयर बाँडफाँट

माया खोला हाइड्रोपावरको सेयर बाँडफाँट

काठमाडौं । क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन भएको माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बाँडफाँट गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँ अकिंंत दरको २ लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुट्याइएको थियो ।


नयाँ सरकार बनेसँगै शेयर बजारमा उत्साह, एकै दिन गरे ४ अर्ब ४ कराेड रुपैयाँकाे शेयर किनबेच

नयाँ सरकार बनेसँगै शेयर बजारमा उत्साह, एकै दिन गरे ४ अर्ब ४ कराेड रुपैयाँकाे शेयर किनबेच

काठमाडाैं । पछिल्लो एक हप्तायता शेयरबजारमा लगानीकर्ताको उत्साह बढ्दो देखिन्छ । नेप्से सूचक बढेसँगै लगानीकर्ता उत्साहित बन्दा बजारको क्रयशक्ति पनि क्रमश: बढ्न पुगेकाे हाे । अर्थमन्त्रीमा विष्णुपौडेल नियुक्त भएकै दिन ४ अर्ब पुगेको शेयर कारोबार आइतबार पुन: साे दिनकाे रेकर्ड ताेडेकाे छ ।


वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुल्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुल्यो

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको हो ।


बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो ।


शिवम् सिमेन्ट्सको लाभांश घोषणा

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २९ गते सातौँ वार्षिक साधारणसभाबाट यस प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।


Ad