# भर्खरै
Namaste Icon
Ad

समाज

Ad

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।


संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।


प्रहरीका सबै इकाइमा दलित कक्ष निर्माण गर्न दलित आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय दलित आयोगले नेपाल प्रहरीका सबै इकाइ दलित कक्ष स्थापना गर्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई आयोगको कार्यालयमा बोलाएर छलफलपछि यस्तो निर्देशन दिएको हो । संसदीय समितिको निर्देशनपछि सरकारले नै दलित कक्ष स्थापना गर्न निर्देशन दिइसकेकाले उक्त निर्देशनको तत्काल कार्यान्वयन गर्न आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रहरी महानिरीक्षक सिंहलाई निर्देशन दिएका हुन् । उनले भने, ‘संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका तत्कालिन सभापति कृष्णभक्त पोखरेलले नै गृह मन्त्रालयलाई प्रहरीका हरेक इकाइमा दलित कक्ष गठन गर्न निर्देशन दिएको थियो । त्यसै निर्देशन अनुसार तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन नै दिइसक्नुभएको थियो । त्यसैले उक्त निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय तत्काल कार्यान्वयनमा जानुपर्यो ।’


विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।


स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ

काठमाडौं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जना क्रिकेटरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सिआइबी स्रोतले जनाएको छ ।


सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले जारी गर्‍यो सर्कुलर

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । सांसद महतोलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए ।


दुई साताअगाडि भारतमा अपहरणमा परेका जनकपुरका दुई युवकको शव भेटियो

जनकपुर । दुई साताअगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवकको शव फेला परेको छ । १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारको घर गएका थिए। तर त्यहीँ दुवै जना अपहरणमा परेपछि सम्पर्कविहीन भएका थिए ।


सुस्मिता केसी हत्या प्रकरण : ससुरासहित चार जनालाई जन्मकैदको सजाय

मकवानपुर । हेटोंडा उपमहानगरपालिका–४ स्थित घरमा सुस्मिता केसीको आफ्नै परिवारको सदस्यबाट हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरासहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरको शुक्रबार बसेको इजलाशले–४ कि २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो ।


आइतबार सार्वजनिक विदा

काठमाडाैं । सरकारले माघ ८ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।


सशस्त्र प्रहरी बलका ९७ उपरीक्षकको सरुवा

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।


Ad