# भर्खरै
Namaste Icon
Ad

अन्तर्वार्ता

Ad

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

विगत केहि समय यता नेपाली उत्पादनलाई प्रोमोट गर्नुपर्छ भनेर लागिपरेका योगेन्द्रजङ्ग बस्नेत एक सफल व्यापारी मात्र होईनन् उनी कुशल फोटोग्राफर पनि हुन् । फोटोग्राफी गर्ने शिलशिलामा नै उनले विश्वको ९० भन्दा बढि देशको भ्रमण पनि गरिसकेका छन् । हाल उनी नेपालमै टिम्बर क्राफ्ट नामक कम्पनीमा आवद्ध छन् । विशेष गरी टिम्बर क्राफ्टले घर बनाउंदा आवश्यक पर्ने ढोका उत्पादन, विक्रि तथा वितिरण गर्ने गर्दछ । यो नेपाली ढोका उत्पादक कम्पनी हो । प्रस्तुत छ उनै टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेपः


एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'

एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'

अघाँखाचीको खनमा आमा छमकली सुनार र बुवा पिताम्बर सुनारको सुपुत्रीका रुपमा जन्मिएकी जमुना सुनार यतिबेला चुनावी मैदानमा उत्रिएकी छन । अर्घाखाँची जिल्लाबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्दै कलम चुनाव चिन्ह लिएर समानुपातिक तर्फबाट उम्मेदवारी दिएकी जमुना प्रतिनिधि सभा सदस्यका लागि संघर्षरत छिन । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी जमुनाले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् । प्रस्तुत छ उनै जमुना सुनार (सुनम) सँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानीको सम्पादित अंश:


जनप्रतिनिधिले काम गरेर बोल्ने हो, बोलेर सुनाउने मात्रै होइन : मिना कार्की बस्नेत

जनप्रतिनिधिले काम गरेर बोल्ने हो, बोलेर सुनाउने मात्रै होइन  : मिना कार्की बस्नेत

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले आम नागरिकले परिवर्तन खाँचो भएको संकेत गरेका छन । देशका ठुला पार्टी र बलिया मानिएका नेताहरुलाई धक्का दिँदै लौरो निर्वाचन चिन्ह लिएर चुनावमा होमिएका धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाबाट बालेन शाह (बालेन्द्र) लगायतका स्वतन्त्र उम्मेदवारहरुले बाजी मारेका छन । यसले आम नागरिकमा पार्टीप्रति बितृष्णा अनुभुति भएको देखाएको छ भने युवा पुस्तालाई राजनीतिमा ल्याउन प्रेरित गरेको छ । त्यस्तै विभिन्न पार्टीभित्रका दम्भ र शीर्षस्थ नेताहरुको स्वार्थलाई समेत उदाङ्ग बनाएको छ । स्थानीय तहको निर्वाचनले नेतृत्व सचिन र आगामी मङ्सिर ४ गते हुने आसन्न चुनावमा सहि उम्मेदवारको टुंगो लगाउन राजनीतिकर्मीलाई अवसर पनि दिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा राज्यले पछि पारेका अल्पसंख्यक, महिला, दलित समुदायले पनि पालिका तथा वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन । यस्तै प्रदेश नम्बर एक अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिकामा महिला नेत्री निर्वाचित भएकी छन । निवर्तमान अध्यक्ष नेकपा माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतलाई परास्त गर्दै नेपाली कांग्रेसबाट उम्मेदवार दिएकी मिना कार्की बस्नेत लिखुपिके गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनले लगभग तीन दशक शिक्षण पेसामा बिताएकी थिइन् ।प्रस्तुत छ उनै नवनिर्वाचित अध्यक्ष मिना कार्की बस्नेतसँग दर्पण दैनिकले गरेको छोटो कुराकानी:


हिजोका भाइरलहरु लाई आज बत्ति बालेर खोज्नुपर्ने अवस्था छ

हिजोका भाइरलहरु लाई आज  बत्ति बालेर खोज्नुपर्ने अवस्था छ

झन्डै डेढ दशकदेखि निरन्तर लोकगीत गाएर लोकप्रियता कमाएकी पूर्णकला विसीले कोरोना कहर अगावै ५ हजार गीतमा स्वर भरिसकेकी छन । गुलरिया नगरपालिका वडा नम्बर १ बर्दिया जिल्लामा जन्मिएकी विसी नाममा मात्रै होईन कलामा पनि पूर्ण छिन । उनी आफ्नो नामलाई अर्थपूर्ण बनाउँदै पूर्णकलालाई सार्थकता तुल्याउन सफल भएकी छन । सानैदेखि लोकगीतलाई मन पराउने विसीले आफ्नो लोकप्रियतालाई कुनै पनि हालतमा कमि आउन दिएकी छैनन् । क्यासेट, डीभीडी, पीआरबीटी सीआरबीटी हुँदै युट्युबको डीजीटल जमानाको बजारमा पनि उत्तिकै लोकोप्रियता बटुल्न सफल गायिका पूर्णकलाले समय र परिवेश अनुसार आफुलाई परिमार्जित गर्दै लगेकी छन । प्रस्तुत छ उनै लोकदोहोरी गायिका विसीसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानीको सम्पादित अश:


कठिन संघर्षबाट उदाएका व्यवसायी भट्ट

कठिन संघर्षबाट उदाएका व्यवसायी भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको टर्निङ प्वाइन्ट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोडलियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिमभरि ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग दर्पण दैनिकले गरेको कुराकानीको सम्पादित अंशः


Ad