# भर्खरै
Namaste Icon
Ad
Ad

स्वस्थानी मेलाभर साँखुदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

स्वस्थानी मेलाभर साँखुदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

काठमाडौँ । शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।


प्रचण्ड सरकारद्वारा राप्रपाकाे एजेन्डा अनुमाेदन, पृथ्वी जयन्तीकाे दिन सार्वजनिक विदा दिइने

प्रचण्ड सरकारद्वारा राप्रपाकाे एजेन्डा अनुमाेदन, पृथ्वी जयन्तीकाे दिन सार्वजनिक विदा दिइने

काठमाडौं । नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सरकारले सार्वजनिक विदा दिने भएकाे छ । सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पाैडेलले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिइने जानकारी दिए । सत्ता साझेदार दल राप्रपाले उठाएकाे एजेन्डा सरकारले अनुमाेदन गरेकाे हाे ।


भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

काठमाडाैं । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए । उनले भने, 'सीमापारी भारतीय प्रहरी (कोतवाली)ले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ ।' उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको जनाइएको छ । नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारीबाट भारतीय बस आफूखुसी ढङ्गले चलाउने गरिएको जनाइएको छ ।


मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसियामा नेपाली दुतावासकाे 'श्रमिकका लागि घुम्ती सेवा'

मलेसिया । मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले बताए ।


कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

कात्तिक २२ गते चन्द्रग्रहण लाग्ने : कुन राशिलाई कस्ताे फल मिल्ने छ ?

काठमाडाैं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख गरिएको छ ।


११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

११ दिने संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुँदै

काठमामडाैं । संस्कृत भाषा प्रशिक्षण शिविर सञ्चालन हुने भएको छ । श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्को तत्वावधानमा कार्तिकको १८ गतेबाट प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । शिविर कार्तिक १८ गतेदेखी सुरुभएको शिविर ११ दिन सम्म चल्ने श्रीगजेन्द्रमोक्ष-संस्कृत-परिषदले जनाएकाे छ । शिविरलाई श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रीवेणी नवलपरासीबाट संचालन गरिनेछ ।


मकाउमा नुवाकोटका सन्तोष तामाङले जिते शारीरिक सुगठनमा गोल्ड ट्रफी सहित गोल्ड मेडल

मकाउमा नुवाकोटका सन्तोष तामाङले जिते शारीरिक सुगठनमा गोल्ड ट्रफी सहित गोल्ड मेडल

चित्रकुमार कार्की, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा गोल्ड ट्रफी, गोल्ड मेडल, ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फर्स्ट प्लेस जित्न सफल भएका छन् ।


अमेरिकी डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?

अमेरिकी डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?

काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डीभीका लागि आवेदन खुलेको हो । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ। आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । यसमा नोभेम्बर ८ सम्म आवेदन दिन सकिनेछ।


अमेरिकामा बस्ने नेपालीले आज मनाउँदै दशैं

अमेरिकामा बस्ने नेपालीले  आज मनाउँदै दशैं

न्युयोर्क । अमेरिकामा नेपालीहरुले आज दशैं मनाउँदै छन् । कतिपय नेपालीहरुले भने अमेरिकामा हिजै दशैं मनाएका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अमेरिकामा टिकाको साइत नेपालमा टिका लगाउनुभन्दा अगाडि नै तय गरेकाले कतिपयले अमेरिकामा हिजै दशैं मनाएका हुन् ।


प्रवासी नेपाली मञ्च बहराईनकाे आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

प्रवासी नेपाली मञ्च बहराईनकाे आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

यानबि समर्पण, बहराइन । नेकपा एमाले निकटको संगठन प्रवासी नेपाली मञ्च, बहराईनले निःशुल्क स्वास्थ्य परीक्षण शिविर कार्यक्रम गरेको छ । २३ सेप्टेम्बर २०२२ शुक्रवारका दिनमा प्रवासी नेपाली मञ्च, बहराईनद्वारा Al Hilal Multi Specialty Medical Center, Manama मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा प्रवासी बहराइनमा कार्यरत प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियाे ।


Ad