# भर्खरै
Namaste Icon
Ad

सुदुपश्चिम

Ad

म सेवक भएर काम गर्छु : मुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनलाई क्लबका सभापति एवं प्राइम टाइम्स् टेलिभिजनका अध्यक्ष ऋषि धमलाले खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले मुख्यमन्त्री रावललाई जनताको पक्षमा राम्रा काम गर्न पनि आग्रह गरे ।


सुदूरपश्चिम प्रदेशसभाले सभामुख चयन गर्न सकेन

सुदूरपश्चिम प्रदेशसभाले सभामुख चयन गर्न सकेन

धनगढी । सभामुखका दुवै उम्मेदवारले प्रदेशसभा सदस्यको पचास प्रतिशतभन्दा धेरै मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशसभाले हिजाे पनि सभामुख चयन गर्न सकेन । सभामुख चयनका लागि आज बसेको प्रदेशसभा बैठकमा दुई प्रस्ताव पेस गएका थिए । दुवै प्रस्ताव बहुमत नपाउँदा अस्वीकृत भए ।


सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै आज, सभामुखको निर्वाचन हुने

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै आज, सभामुखको निर्वाचन हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मतवदर भएको थियो । 


सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरेको सूचना निकालेको छ ।


सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले बुधवार रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

दार्चुला । दार्चुलामा एक बालक तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्। नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।


चुनावकाे बेला बाजुरामा मारिएका दुवै युवाका परिवारलाई जनही १० लाख दिने सरकारकाे निर्णय

चुनावकाे बेला बाजुरामा मारिएका दुवै युवाका परिवारलाई जनही १० लाख दिने सरकारकाे निर्णय

काठमाडाैं । कम्बोडियाको क्यासिनोमा आगलागीमा परी निधन भएका झापाका निराकार पाण्डेको शव स्वदेश ल्याउन सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पाण्डेको शव नेपाल ल्याउन आवश्यक पर्ने रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको हो ।


माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट सर्वसम्मत

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट सर्वसम्मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।


एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन

एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । शनिवार एमालेका जेष्ठ प्रदेशसभा सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । त्यस्तै बैठकले दलको उपनेतामा सन्तोष थापा शर्मालाई चयन गरेको उनले बताए ।


एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी, प्रमुख सचेतकमा नरेश शाही

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी, प्रमुख सचेतकमा नरेश शाही

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । ज्येष्ठ सांसद प्रकाशबहादुर रावलकाे अध्यक्षतामा एकीकृत समाजवादी संसदीय दलको बैठकले कैलाली निर्वाचन क्षेत्र ४(१) बाट निर्वाचित भएका सोडारीलाई संसदीय दलको नेतामा चयन गरेकाे हाे ।


Ad