# भर्खरै
Namaste Icon
Ad

देउवाको गृहजिल्लामा कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

देउवाको गृहजिल्लामा कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै प्रधानमन्त्री रहँदा पनि वडाको विकासका लागि राखिएका मागहरू पूरा नभएको भन्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू पूरा हुने विश्वासिलो आधार नभएसम्म मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान नर्गे निर्णय बहुमत पारित भएकाे वडा सभापति जंगबहादुर थापा मगरले जानकारी दिए । वडा समितिले प्रधानमन्त्री देउवा बाहेक अरू कसैसँग वार्ता नगर्ने निर्णय समेत गरेकाे छ ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad