# भर्खरै
Namaste Icon
Ad

बाजुराको विकासको लागि नागरिकले विकल्प खोज्नु पर्ने अवस्था आयाे : जंगकुमार गिरी

बाजुराकाे कोल्टीमा राप्रपाले आयोजना गर्याे तिहारको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम

बाजुराको विकासको लागि  नागरिकले विकल्प खोज्नु पर्ने अवस्था आयाे : जंगकुमार गिरी

बाजुरा । राप्रपाको जिल्ला कार्य समिति बाजुराले तिहारको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीमा राप्रपाले तिहारको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हाे ।

मंसिर ४ गतेको निर्वाचनको लागि बाजुराबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका राप्रपाका केन्द्रीय सदश्य जंगकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिहारको शुभकामना आदान प्रदान गरिएको थियो ।

डेउडा (नाच) खेल समेत आयोजना गरिएको सो कार्यक्रममा राप्रपाको तर्फबाट प्रदेश सभामा समानुपातिक उम्मेदवार रहेका छत्र कुमार शाही र जिल्ला अध्यक्ष जितबहादुर शाहीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै उम्मेदवार गिरीले अब आम नागरिकले विकल्प खोज्नु पर्ने अवस्था आएको बताए । उनले भने, ‘एक पटक यसै पटक राप्रपालाई रोजौं र बाजुराको विकासको लागि राप्रपाका उम्मेदवारलाई मतदान गराैं ।’ अब देशको बैकल्पिक शक्ति भनेकै राप्रपा भएको बताउदै गिरीले भ्रष्टाचारीलाई कारबाही गर्न राप्रपा बाहेक अरुले नसक्ने दावी गरे ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad