# भर्खरै
Namaste Icon
Ad

दार्चुलामा बालक मृत्यु घटना : पीडित परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने

दार्चुलामा बालक मृत्यु घटना : पीडित परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने

दार्चुला । सडक निर्माणका क्रममा विष्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले लागेर मृत्यु भएका दार्चुलाका ९ वर्षीय बालक पवन महराको परिवारलाई भारतीय पक्षले क्षतिपूर्ति दिने भएको छ । भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार्दै मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १६ लाख नेपाली रुपैयाँ दिने भएको हो । शनिबार दिनभर मृतकका परिवार र कम्पनीबीच छलफल भएपछि उनीहरूबीच यस्तो सहमति जुटेको हो ।

छलफलका क्रममा भारतीय सडक निर्माण कम्पनीले शुक्रबार भएको घटनामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययका अनुसार शनिबार दिनभर भएको छलफलबाट सहमति जुटेसँगै अब बालकको पोष्टमार्टम गरिनेछ । पोष्टमार्टमका लागि शुक्रबार राति नै शव जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ ।

भारतले तावाघाट-लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका-२, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक महराको शुक्रबार मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad