# भर्खरै
Namaste Icon
Ad

सुरक्षित गर्भपतनबारे समुदायमा आएको परिवर्तन

सुरक्षित गर्भपतनबारे समुदायमा आएको परिवर्तन

ममता भट्ट, डडेल्धुरा । सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले समुदायमा निकै परिवर्तन आएको छ । २०७८ सालमा डडेल्धुरामा सञ्चालनमा आएको यो परियोजना हाल डडेल्धुरा जिल्लाको नबदुर्गा र भागेश्वर गाँउपालिकामा लागु छ । यो परियोजनाले बिशेषगरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रमहरु गर्ने गर्छ ।

सामुदायिक बिकास मञ्च (सिडिएफ नेपाल) र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले आफूहरुलाई धेरै फाइदा पुगेको परियोजना लागु भएको भागेश्वर गाउँपालिकाका महिला तथा किशोरीहरुको भनाई छ ।

भागेश्वर गाउँपालिकाका गगां दमाई आमा समुहमा आवद्ध हुनुहुन्छ। उहाँ आमा समुहमा आवद्ध भइसके पश्चात धेरै कुराको बारेमा जानकारी भएको बताइन् । सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले आफुहरु जस्ता महिलाहरुलाई अहिले धेरै कुराको बारेमा जानकारी भएको सुनाइन् ।

पहिले–पहिले यस्ता परियोजना सुन्ने बित्तीकै दिक्क लाग्ने गथ्र्यो तर अहिले भने परियोजनाको बारेमा थाहा पाएर आफ्नै जिवनमा लागु हुँदा यो परियोजनाप्रती खुसी बनेको उनको भनाई छ।

‘हामिहरुको समुहमा आएर उहाँहरुले सुरक्षित गर्भपतन, परिवार नियोजनका साधनको बारेमा जानकारी तथा छलफल गराएर जानकारी दिनुभएको छ । हामीहरुलाई परीवार नियोजनको साधन कहाँ पाईन्छ ? र सुरक्षित गर्भपतन कसरी गराईन्छ भन्ने बारेमा पनि जानकारी पाएका छौ’ उनले भनिन् ।

भागेश्वर गाउँपालिका –४ का कल्पना ठकुराठीले पनि किशोरी समुहमा आबद्ध भएर धेरै कुरा सिकेको जानकारी दिइन् । उनलाई धेरै कुरा आफ्नो हकअधिकारको बारेमा पनि थाहा थिएन । तर अहिले कुनै ठाँउमा खुलेर बोल्न र आफ्ना कुरा भन्न सक्ने भएको उनले बताइन् ।

‘हामिहरु समुहमा बसेर हाम्रो समुदायमा हुने लैङगिक हिंसा, घरेलु हिंसा, छाउपडि र सुरिक्षत गर्भपतनको बारेमा छलफल गर्छाै । र आफु पनि सिक्ने र समुदायमा पनि आफ्नो हकअधिकारको बारेमा पनि जानकारी गराउछौँ’ उनले निर्धक्कसंग भनिन् ।

यस्तै भागेश्वरकै गोमती बोहरा पनि सुरक्षित गर्भपतन तथा परीवार नियोजनको बारेमा स्वास्थ्य संस्थामा गएर खुलस्त रुपमा बोल्न र जानकारी लिन सक्दैन थिइन् । जब सामुदायिक बिकास मञ्च (सिडिएफ नेपाल) र आईपास नेपालको साझेदारीमा सञ्चालित सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजना कार्यक्रमले उनीहरुलाई गाउँघरमै गएर यी–यस्ता कुराहरुको सहजै जानकारी गरायो तब अहिले उनी स्वास्थ्य संस्थामा गएर आफुलाई आइपरेको समस्या ढुक्कसंग राख्न सक्ने भएकी छन् ।

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनाले भागेश्वर गाउँपालिकामा सुरक्षित गर्भपतनबारे समुहमा गएर सडक नाटक, समुहमा छलफल र बिभीन्न जनचेतनामुलक कार्यक्रम सञ्चालनपछि अहिले पालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको, परिवारनियोजनका साधनको प्रयोगकर्ताको संख्यामा बृद्धी हुनुका साथै आम महिला तथा सिमान्तकृत समुदायहरुका नागरिकहरु सचेत भएका सिडीएफ नेपालका सामुदायिक अभियन्ता दुर्गामणि चटौतले बताए ।

सुचिकृत स्वास्थ्य चौँकीमा सुरक्षित गर्भपतन गराउनेबारे जानकार

गर्भपतन भन्दा खेरी नै लजाउने र भन्न नसक्ने अवस्था रहेको भागेश्वर गाउँपालिकामा अहिले महिला र किशोरीहरु जानकार भएका छन् । यस बारेमा बिभिन्न सडक नाटक, किशोरी समुह, आमा समुहमा बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भएपछि अहिले सुरक्षित गर्भपतनको बारेमा महिलाहरुसंगै अन्य नागरीकहरु पनि जानकार भएका छन् ।

पहिले गर्भपतन गराउन पर्यो भने घरायसि जडिबुटिको प्रयोग तथा लुकीछीपी मेडिकलबाट औषधीहरु ल्याएर प्रयोग गरी ज्यानै जोखीममा पार्ने यहाँका महिलाहरु अलिे भने यसप्रती सचेत छन् । र सुचिकृत स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतन गराउने गरेका छन। जसले गर्दा अहिले डडेल्धुरा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ ।


गाँउपालिकाको सहकार्यमा कार्यक्रम झन प्रभावकारी

सुरक्षित गर्भपतन सुदृढिकरण परीयोजनालाई भागेश्वर गाउँपालिकाको पनि राम्रो सहयोग छ । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन र निरन्तरता दिनको लागि गाउँपालिकाले पनि सहयोग गर्ने गरेको छ ।

बिगतका दिनमा गाउँपालिकाको स्वास्थ्य शाखामा महिलाहरु बिभीन्न समस्या लिएर आउने तर भन्नै नसक्ने परिस्थितिले उपचारमै समस्या हुने गरेको भएपनि अहिले त्यो समस्या हटेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहुले बताए । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन, दिगो रुपमा सञ्चालन गर्नको लागि पनि भागेश्वर गाँउपालिकाले प्रयास गरेको उनले बताए ।

सुरक्षित गर्भपतन सेवा भागेश्वर गाउँपालिकाको बगरकोट स्वास्थ्य चौँकी, भागेश्वर स्वास्थ्य चौँकी र रुपाल स्वास्थ्य चौँकीमा पाईन्छ । उक्त स्वास्थ्य संस्थाबाट पछिल्लो ३ महिनाको अवधिमा २९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन पश्चात पनि परिवार नियोजनको साधन प्रयोग गर्नेहरुको सख्या बढेको भागेश्वर स्वास्थ्य शाखाले बताएको छ ।

यो परीयोजनाले स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि तालिम दिएर सहयोग गरेको छ । यो परीयोजनाले पालिकामा निकै ठुलो योगदान दिएको छ र अझ यि यस्ता परीयोजना पालिकामा आवश्यक रहेकोमा उनको जोड छ ।

महिलाको प्रजनन स्वास्थ्य र अधिकार सुनिश्चित गर्नको लागि पालिमा यसले निकै ठुलो योगदान दिएको भागेश्वर गाँउपालिकाका अध्यक्ष हेमराज चटौतले बताए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad