# भर्खरै
Namaste Icon
Ad

एमाले अध्यक्ष ओलीले आज दिपायलकाे सभालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले आज दिपायलकाे सभालाई सम्बोधन गर्ने

धनगढी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शनिवार सुदूरपश्चिम आउँदैछन् । अध्यक्ष ओली शनिवार २ जिल्लाका ३ चुनावी सभालाई सम्बोधन गर्ने एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् ।

शनिवार बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन गरेर ओलीले २ बजे गोदावरीको अत्तरिया र ४ बजे लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । तीनै सभामा अध्यक्ष ओलीसहित केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्नेछन् ।

यसअघि कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गरेका थिए । भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेको भन्दै ओलीले निर्वाचन प्रचारप्रसारलाई सुदूरपश्चिमबाटै थालेका थिए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad