# भर्खरै
Namaste Icon
Ad

सुदुरपश्चिममा फेरि ५.४ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु बझाङ

सुदुरपश्चिममा फेरि ५.४ म्याग्निच्युडको भूकम्प,  केन्द्रविन्दु बझाङ

काठमाडौं । सुदुरपश्चिममा फेरि ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । साँझ ८ बजेर १२ मिनेट जादा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बाजुरा, बझाङ, अछाम, डोटी लगायतका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । यद्यपि भूकम्पको क्षतिबारे यकिन भइसकेको छैन । यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस क्रममा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad