# भर्खरै
Namaste Icon
Ad

भूकम्पका कारण बझाङमा एउटा घर भत्कियाे, १०० घरमा क्षति

भूकम्पका कारण बझाङमा एउटा घर भत्कियाे, १०० घरमा क्षति

काठमाडौं । शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पले पाटादेवल गाउँमा घर भत्केको स्थानीयले जानकारी दिएका छन्। गाउँपालिकाका धेरै ठाउँमा घरहरु चर्केको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । फेरि भूकम्प आउने डरले स्थानीयहरु रातभरी घर बाहिरै आगो तापेर बसेका थिए ।

बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिकाभरीमा करिब १०० घर भूकम्पका कारण चर्किएको विवरण प्राप्त भएको जानकारी दिए । केही घर भत्किएको भन्ने विवरण समेत प्राप्त भएकाले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन भएको प्रजिअ अर्यालको भनाइ छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad