# भर्खरै
Namaste Icon
Ad

जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धनगढी–३ बस्ने ६२ वर्षीय तेजबहादुर बोगटी, धनगढी–१ का ४८ वर्षीय धनबहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रमेश श्रीमाल, धनगढी–७ का २५ वर्षीया रामकृष्ण राना र धनगढी–७ कै ३९ वर्षीया शान्त राम चौधरी रहेका छन् । पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad