# भर्खरै
Namaste Icon
Ad

माेहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निलम्बित

माेहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निलम्बित

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ ।


‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ आयोगले पठाएको निर्देशनात्मक पत्रमा भनिएको छ । नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।

 

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad