# भर्खरै
Namaste Icon
Ad

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायाे ३६ अर्ब ७४ करोडकाे बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायाे ३६ अर्ब ७४ करोडकाे बजेट (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । उनकाअनुसार प्रदेश सरकारले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख (३३.४६ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख (६५.७५ प्रतिशत) रकम विनियोज गरेको छ ।

चालु आर्थिक वर्षको भन्दा झण्डै साढे ६ अर्ब बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याइएको हो ।


सरकारले प्रदेश गौरवका आयोजना, बहुवर्षीय ठेक्कामार्फत सञ्चालत योजनाको काम आगामी वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट ल्याएको छ । प्रदेश सरकारले सडक पूर्वाधारमा मात्रै पाँच अर्ब बढी बजेट विनियोजन गरेको छ । सडक पूर्वाधारका लागि पाँच अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो ।

यस्तै, प्रदेशमा खानेपानी संरचना निर्माण तथा पुनर्निर्माणका लागि १ अर्ब ६७ करोड ९७ लाख र स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।

प्रदेश सरकारले शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरेको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र भने नपरेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा बजेट बढाइएको भए पनि खेल क्षेत्रका लागि पर्याप्त हुने देखिएको छैन । अर्थमन्त्री रावलका अनुसार सुदूरपश्चिमको खेल क्षेत्रका लागि प्रदेश सरकारल १६ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख मात्रै विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रका लागि भने ६ अर्ब बढी बजेट विनियोजन गरिएको छ । यस्तै डोटी र डडेल्धुरा जिल्लाका यातायात कार्यालयबाट अब सबै सेवा सञ्चालन गरिने भएको छ ।

ती कार्यालयबाट लाइसेन्स वितरणदेखि कर बुझाउन पनि पाइने अर्थमन्त्री रावलले बताए । यस्तै प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री रावलकाअनुसार आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad