# भर्खरै
Namaste Icon
Ad

अछाममा मृत भेटिएका १७ वर्षीय शाहीको शव उठाइएन

अछाममा मृत भेटिएका १७ वर्षीय शाहीको शव उठाइएन

काठमाडौं । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान जारी छ । तर, स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।

पञ्चदेवल विनायक–४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जंगलमा उनको शव फेला परेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गर्दै आएका छन् ।

प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा कांग्रेस नेता–कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad