# भर्खरै
Namaste Icon
Ad

बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन् : कर्णबहादुर थापा

बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन् : कर्णबहादुर थापा

बाजुरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।

सोही नगरपालिकाका बासिन्दासमेत रहेका एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप लगाएका छन् ।

बुढीगंगामा भएको पुनः मतदानको गणनामा एमालेको अग्रता बढ्दै गएका बेला थापाले आफूहरु विजयोन्मुख रहेको भन्दै यो चुनावमा प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्तको पराजय हुने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘बैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खातीमात्रै हार्ने थिए । असार २३ को निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण,आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दैछन । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शीर निहुर्याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु ।'

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad