# भर्खरै
Namaste Icon
Ad

बूढीगंगा २ मा एमालेका पदमबहादुर भण्डारी विजयी

बूढीगंगा २ मा एमालेका पदमबहादुर भण्डारी विजयी

बाजुरा । बूढीगंगा नगरपालिका–२ को वडाध्यक्षमा पनि नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । विजयी भण्डारीले ८ सय ३८ र पराजित थापाले २ सय ३५ मत ल्याए । सोही वडाबाट एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँले ८ सय ५१ र कांग्रेसका रंगबहादुर खातीले २ सय २९ प्राप्त गरे ।

त्यस्तै, एमाले उपमेयरले ८ सय ५८ र कांग्रेस उपमेयर प्रत्यासीले २ सय १३ मत ल्याए । १४ सय ४३ मतदाता रहेको यो वडामा ११ सय १९ मत खसेको थियो । अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ । बूढीगंगा नगरपालिका–१, २, ९ र १० को गणना सम्पन्न भएको छ ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad