# भर्खरै
Namaste Icon
Ad

सामूहिक बलात्काको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

सामूहिक बलात्काको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

कञ्चनपुर । सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन् । शुक्रबार जिल्लाको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित ४ युवकलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यम प्रसाद जैसी रहेका छन् ।

उनीहरूले यहीँ असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । सुशील विष्टले ती युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएका थिए । त्यसपछि उनका अन्य साथीहरू पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन् । सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad