# भर्खरै
Namaste Icon
Ad

जिसस बाजुरामा एमालेकाे बहुमत, तुलसीराम र लाछु निर्विरोध

जिसस बाजुरामा एमालेकाे बहुमत, तुलसीराम र लाछु निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जम्मा ९ पालिका रहेको बाजुरामा एमाले एक्लैका १२ मतदाता रहेका थिए । सबै पालिकाबाट गरी १८ मतदाता रहेकोमा एमाले एक्लैको १२ मतसहित बहुमत भएपछि अन्य ६ मतदाता रहको कांग्रेसले उम्मेदवारी दिएन ।

समन्वय समिति प्रमुमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्की निर्विरोध निर्वाचित भएका हुन् । यस्तै खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्वाचित भएका छन् । महिला सदस्य, दलित सदस्यमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् ।

महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा र लक्ष्मी बुढा साउँद तथा दलित सदस्यमा रम्बदेवी विक निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठवटा तहको निर्वाचन पहिले भए पनि बुढीगंगा नगरपालिकाको निर्वाचन भने असार २३ गते भएको थियो । आइतबार जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण भएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad