# भर्खरै
Namaste Icon
Ad

एकीकृत समाजवादी सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी छाडे

एकीकृत समाजवादी सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी छाडे

काठमाडौं । एकीकृत समाजवादी पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष बिक्रम बहादुर शाहीले पार्टी परित्याग गरेका छन् । समाजिक संजाल फेसबुक मार्फत उनले पार्टी छोडेको जानकारी दिएका छन् । पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो ।

पार्टी परित्याग सम्बन्धमा बिक्रम बहादुर शाहीले यस्तो लेखेका छन्ः

२०५४ सालमा बामदेब ले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ, भन्दै पार्टी बिभाजन गराय र थुप्रै मान्छे हरु हौसिदै उनका पछि लागे । गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो त्यस्को पछि लाग्ने मा म पनि थिएँ । पार्टी बिभाजनले काग्रेस लगायत पश्चिमा पुजीवादीहरु को नै फाइदा पुर्‍यायो । त्यस बाफत पछुतो र आत्मग्लानी भयेको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थिए भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad