# भर्खरै
Namaste Icon
Ad

जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

धनगढी । जनता समाजवादी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय शक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् भने मुख्यसचिवमा राजु बमलाई चयन गरिएको छ । समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल रहेका छन् ।


पार्टीका तर्फबाट राजनीतिक समिति सदस्य तथा प्रदेश इन्चार्ज रहेकी मालामती राना र पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश सह इन्चार्ज भीमबहादुर थापाले संगठन निर्माणमा एकलौटी गरेको आरोप लगाई राजनीतिक समिति सदस्य तथा पूर्व प्रदेश इन्चार्ज होरीलाल चौधरीले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेको कुराबारे सोध्दा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले घुमाउरो रुपमा स्विकार गरेका छन् ।

 

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad