# भर्खरै
Namaste Icon
Ad

चुनावकाे बेला बाजुरामा मारिएका दुवै युवाका परिवारलाई जनही १० लाख दिने सरकारकाे निर्णय

चुनावकाे बेला बाजुरामा मारिएका दुवै युवाका परिवारलाई जनही १० लाख दिने सरकारकाे निर्णय

काठमाडाैं । कम्बोडियाको क्यासिनोमा आगलागीमा परी निधन भएका झापाका निराकार पाण्डेको शव स्वदेश ल्याउन सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पाण्डेको शव नेपाल ल्याउन आवश्यक पर्ने रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको हो ।

४ मंसिरको चुनावका बेला बाजुरामा दलका कार्यकर्ताबीच झडप हुँदा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १० लाख रकम उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । चुनावका बेला झडप हुँदा मारिएका सञ्जीव अएडी र चेतन अएडीका परिवारलाई जनही १० लाख दिने निर्णय भएकाे सरकारका प्रवक्ता पाैडेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad