# भर्खरै
Namaste Icon
Ad

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि स्थगित गरेको सूचना निकालेको छ ।

‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौँ’, सचिव देवबहादुर बोगटीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

बिहीबार बसेको बैठकले सभामुख छान्न नसकेपछि आज ११ बजे पुन: निर्वाचन गर्ने निर्णय गरिएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।

हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । दुवैको मत २७ नपुगेपछि हिजो बैठक स्थगित भएको थियो ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad