# भर्खरै
Namaste Icon
Ad

कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, यी हुन् निर्वाचित पदािधकारी

कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, यी हुन् निर्वाचित पदािधकारी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन् । शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad