# भर्खरै
Namaste Icon
Ad

सुदुपश्चिम

Ad

बूढीगंगा २ मा एमालेका पदमबहादुर भण्डारी विजयी

बूढीगंगा २ मा एमालेका पदमबहादुर भण्डारी विजयी

बाजुरा । बूढीगंगा नगरपालिका–२ को वडाध्यक्षमा पनि नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । विजयी भण्डारीले ८ सय ३८ र पराजित थापाले २ सय ३५ मत ल्याए । सोही वडाबाट एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँले ८ सय ५१ र कांग्रेसका रंगबहादुर खातीले २ सय २९ प्राप्त गरे ।


बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन् : कर्णबहादुर थापा

बुढीगंगामा प्रधानमन्त्री र गृहमन्त्री हार्दैछन् : कर्णबहादुर थापा

बाजुरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला यो चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन् ।


बूढीगंगा ९ को वडाध्यक्षमा एमालेका सिंह विजयी

बूढीगंगा ९ को वडाध्यक्षमा एमालेका सिंह विजयी

बाजुरा । बूढीगंगा नगरपालिका–९ को वडाध्यक्षमा नेकपा एमालेका मीनबहादुर सिंह विजयी भएका छन् । उनी ४९२ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।


बुढीगंगामा ३ हजार ९६२ मत गणना कसको मत कति ?

बुढीगंगामा ३ हजार ९६२ मत गणना कसको मत कति ?

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्काले २४१७ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १३१२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।


बुढिगंगामा २७ सय ४० मत गणना हुदाँ कसकाे कति ?

बुढिगंगामा २७ सय ४० मत गणना हुदाँ कसकाे कति ?

बाजुरा । बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना सम्पन्न भएकाे छ । वडा न १ र १० मा एमाले विजयी भइसकेकाे छ । वडा नम्बर २ र ९ काे मतगणना शुरु हुने भइरहेकाे छ । अहिलेसम्म २७ सय ४० मतगणना सकिएको छ ।


बुढिगंगा नगरपालिका १० मा पनि एमाले उम्मेदवार विजयी

बुढिगंगा नगरपालिका १० मा पनि एमाले उम्मेदवार विजयी

बाजुरा । बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहनबहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् ।


बुढिगंगा नगरपालिका १ मा एमाले उम्मेदवार रणबहादुर थापा विजयी

बुढिगंगा नगरपालिका १ मा एमाले उम्मेदवार रणबहादुर थापा विजयी

बाजुरा । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी रणबहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोगबहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् ।


बुढीगंगामा १ हजार २ सय मतगणना गर्दा कसको कति ?

बुढीगंगामा १ हजार २ सय मतगणना गर्दा कसको कति ?

बाजुरा । बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म १२०० मतको मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ । १ हजार २ सय मतको गणना सकिएकोमा एमालेले मेयरमा ६२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।


बुढिगंगामा १००० मत गणना गर्दा कसकाे कति ?

बुढिगंगामा १००० मत गणना गर्दा कसकाे कति ?

बाजुरा । बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म १० सय मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ ।


बुढीगंगामा ४ सय मतगणना हुँदा कसकाे कति ?

बुढीगंगामा ४ सय मतगणना हुँदा कसकाे कति ?

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाकाे प्रारम्भिक नतिजाअनुसार प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ। उपप्रमुखमा भने एमाले अगाडि रहेकाे छ ।


Ad