# भर्खरै
Namaste Icon
Ad

सुदुपश्चिम

Ad

‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान’ ऐन पारित भएपछि स्रष्टाहरुले जनाए विरोध, आन्दोलन गर्ने सम्मको चेतावनी (यस्तो सामूहिक छ विज्ञप्ति)

‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान’ ऐन पारित भएपछि स्रष्टाहरुले जनाए विरोध, आन्दोलन गर्ने सम्मको चेतावनी (यस्तो सामूहिक छ विज्ञप्ति)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान’ ऐन पारित गरेपछि सुदुरपश्चिमका सर्जक स्रष्टाहरुले विरोध जनाएका छन् । स्रष्टाले सामूहिक रुपमा विरोध जनाउदै सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । ‘सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन’ संशोधनको माग राख्दै सुदुरपश्चिम प्रदेशका स्रष्टाहरुले सामुहिक विज्ञप्ती जारी गर्दै सम्वद्ध निकाय र अधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।


जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

जसपाको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन, अध्यक्षमा भगतराम थारु

धनगढी । जनता समाजवादी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय शक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् भने मुख्यसचिवमा राजु बमलाई चयन गरिएको छ । समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल रहेका छन् ।


एकीकृत समाजवादी सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी छाडे

एकीकृत समाजवादी सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी छाडे

काठमाडौं । एकीकृत समाजवादी पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष बिक्रम बहादुर शाहीले पार्टी परित्याग गरेका छन् । समाजिक संजाल फेसबुक मार्फत उनले पार्टी छोडेको जानकारी दिएका छन् । पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो ।


कैलालीको लम्कीचुहामा १३० भूमिहीनले पाए लालपूर्जा

कैलालीको लम्कीचुहामा १३० भूमिहीनले पाए लालपूर्जा

कैलाली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरू गरिसकेको बताएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ को वादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरू गरेको बताइन् ।


अत्तरिया चोकमा राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

अत्तरिया चोकमा राखिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

कैलाली । अत्तरिया चोकमा राखिएको शंस्कापद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा रखिएको उक्त वस्तु डिस्पोज गरेको हो ।उता पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै रहेको शंकास्पद वस्तुलाई पनि निस्क्रिय पार्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए ।


दार्चुलाकाे शैल्यशिखरमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुलाकाे शैल्यशिखरमा जिप दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुला । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ६ मा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जानकारी दिएकाे छ ।


महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा डुबेर बैतडीकी दुई किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन् ।


डोटीमा एमाले परित्याग गरेर सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटीमा एमाले परित्याग गरेर सयाैं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटी । डोटीमा एमाले परित्याग गरेर २ सय ६३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशिहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरे । डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा २ सय ६३ जनाले एमाले परित्याग गरेका हुन् ।


जिसस बाजुरामा एमालेकाे बहुमत, तुलसीराम र लाछु निर्विरोध

जिसस बाजुरामा एमालेकाे बहुमत, तुलसीराम र लाछु निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जम्मा ९ पालिका रहेको बाजुरामा एमाले एक्लैका १२ मतदाता रहेका थिए । सबै पालिकाबाट गरी १८ मतदाता रहेकोमा एमाले एक्लैको १२ मतसहित बहुमत भएपछि अन्य ६ मतदाता रहको कांग्रेसले उम्मेदवारी दिएन ।


सामूहिक बलात्काको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

सामूहिक बलात्काको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

कञ्चनपुर । सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन् । शुक्रबार जिल्लाको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित ४ युवकलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यम प्रसाद जैसी रहेका छन् ।


Ad