# भर्खरै
Namaste Icon
Ad

सुदुपश्चिम

Ad

एमाले कैलालीका अध्यक्ष रतन थापाकाे जिम्मेवारी खाेसियाे

एमाले कैलालीका अध्यक्ष रतन थापाकाे जिम्मेवारी खाेसियाे

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।


एमाले कैलालीका अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

एमाले कैलालीका अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस

धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डे बताउँछन् ।


१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारले ल्यायाे ३६ अर्ब ७४ करोडकाे बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायाे ३६ अर्ब ७४ करोडकाे बजेट (पूर्णपाठ)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।


माेहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निलम्बित

माेहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष निलम्बित

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन निर्देशन दिएको थियो ।निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको पत्रमा उल्लेख गरिएको छ ।


कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, यी हुन् निर्वाचित पदािधकारी

कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, यी हुन् निर्वाचित पदािधकारी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् । पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन् । शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो ।


जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

जुवा खालबाट ८६ हजार नगदसहित पाँच जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१ वसन्तटोलस्थित ४० वर्षीया दिपु श्रीमालको घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नगद ८६ हजारसहित पक्राउ गरिएको हो ।


दार्चुलाकाे शैल्यशिखर १ मा जलेको अवस्थामा ४५ वर्षीया महिलाको शव फेला

दार्चुलाकाे शैल्यशिखर १ मा जलेको अवस्थामा ४५ वर्षीया  महिलाको शव फेला

दार्चुला । दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  घर नजिकैको खरको लुटो (कुन्यू)  जलेको अवस्थामा ती महिलाको शव भेटिएको बताइएको छ ।


के छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा ? (भिडियाेसहित)

के छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा ? (भिडियाेसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य, शिक्षा, सांस्कृति, रोजगारी लगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्याक्रममा कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरवृद्धि गरी स्वास्थ्य सेवातर्फ दक्ष जनशक्ति उत्पादन गर्ने नीति बनाइएको छ।


अछाममा मृत भेटिएका १७ वर्षीय शाहीको शव उठाइएन

अछाममा मृत भेटिएका १७ वर्षीय शाहीको शव उठाइएन

काठमाडौं । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान जारी छ । तर, स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।


Ad